arrow

भुटानको पाेष्टमा माल्दिभ्सले ठोक्यो ३ गोल

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
sport.jpg.jpeg
काठमाडौं । भारतको केरलामा जारी ११औं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा माल्दिभ्सले विजयी सुरुआत गरेको छ । त्रिवेन्द्रममा भएको खेलमा माल्दिभ्स ३–१ ले विजयी भयो । 
 
खेलको नवौं मिनेटमा अग्रता लिएको माल्दिभ्सले पहिलो हाफ अघि दुई र दोस्रो हाफ पछि एक गोल गरेको हो । भुटानले खेलको २०औं मिनेटमा एक गोल फर्कायो । समूह ‘बी’ मा रहेको भाल्दिभ्सले एक पटक साफ च्याम्पियनसिप जितेको छ ।
 
सो समूहमा बलियो अफगानिस्तान र बंगलादेश समेत छन् । यसअघि, वुधबार भएको समूह ‘ए’ को पहिलो खेलमा नेपाल श्रीलंकासंग १–० ले पराजित हुँदै कठिन यात्रामा परेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ