arrow

अलपत्र च्यांग्रा स्रोत केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
chyangra-kedra-mugu.jpg

मुगु। कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित मुगुम कार्मारोङ गाउँपालिका-१ पिप्लेडीमा निर्माण गरिएको च्यांग्रा स्रोत केन्द्र तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा पुगेको छ ।

आर्थिक वर्ष ०७६/७७ मा प्रदेश सरकारको ९४ लाख र मुगुम कार्मारोङ गाउँपालिकाको २२ लाख गरी कुल एक करोड १६ लाख रुपैयाँ लागतमा शुरू गरिएको उक्त स्रोत केन्द्रको भौतिक संरचना ०७९ सालमै निर्माण सम्पन्न भइसकेको भए पनि आवश्यक बजेट व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन सकिएको छैन ।

यस स्रोत केन्द्रमार्फत च्यांग्राको बिउ पँुजी उत्पादन गरी मुगुम कार्मारोङ गाउँपालिका-१ देखि ८ नं वडासम्मका च्यांग्रापालक कृषकलाई वितरण गर्ने तथा बाँकी बीउ पूँजी अन्य जिल्लामा विस्तार गर्ने लक्ष्य राखिएको थियो ।

तर, निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि प्रदेश सरकारले सञ्चालन तथा व्यवस्थापनका लागि बजेट सुनिश्चित नगर्दा यो केन्द्रका भवन प्रयोगविहीन बनेका छन् ।

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार ठूलो रकम खर्चेर च्यांग्राका लागि दुई भवन, घेरबार लगायत भौतिक पूर्वाधार निर्माण भइसकेका छन् । यदि समयमै च्यांग्रा खरिद, प्राविधिक उपकरण तथा आवश्यक व्यवस्थापन गरिएको भए तीन वर्षमै च्यांग्रा उत्पादन शुरू भइसकेको हुन्थ्यो ।

भेटेरिनरी अस्पताल मुगुका कार्यालय प्रमुख भीमचन्द्र बूढाका अनुसार भवन निर्माण भए पनि यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा स्पष्टता नहुँदा समस्या उत्पन्न भएको हो । यसको मुख्य उद्देश्य सरकार, सहकारी र समुदायको साझा सहभागिता हो ।

उनले भने, ‘तर तीनै निकाय जिम्मेवारीबारे नबोल्दा स्रोत केन्द्र यस्तो अवस्थामा पुगेको हो ।’

कार्यालय प्रमुख बुढाका अनुसार २०७९ सालमै च्याग्रा स्रोत केन्द्रको करिब ९५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ ।

समयमै बजेट व्यवस्था भएको हुँदा हालसम्म च्यांग्रा उत्पादन वृद्धि भइ कृषकको हातमा पुगिसकेको हुने थियो । यो चालु आर्थिक वर्षमा केही बजेट व्यवस्थापन भएको र बाँकी कामका लागि प्रक्रिया अघि बढिरहेको जानकारी समेत बताएका छन ।

मुगुम कार्मारोङ गाउँपालिका विशेषगरी मासुजन्य पशुपालनका लागि उपयुक्त क्षेत्र क्षेत्र हो र प्रदेश सरकारले कार्य गरेको थियो तर नियमित लक्ष्य, उद्देश्य अनुसार प्रत्येक बर्ष बजेटको ब्यावस्थापन नगर्दा निर्माण भएको संरचनाहरू पनि प्रयोगबिहीन भएका छन् ।

च्याग्रा स्रोत केन्द्र प्रयोगमा ल्याउनका लागि सबै चन्दा बढी स्थानीय तर र प्रदेश सरकार लागिपर्ने देखिन्छ ।

राज्यको बजेट ल्याउने लक्ष्य अनुसार काम नगर्ने हो भने राज्यले गरेको लगानी बालुवामा पानि हुने मुगमकामारोङ्ग गाँउपालिका वडा नं १ का स्थानीय कर्मा लामाले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ