arrow

नव नियुक्त चार मन्त्रीले सपथ लिए, नयाँ दुईसहित मन्त्रालयको संख्या २८, राज्यमन्त्रीको सपथमा लफडा

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
sapath.jpg.jpeg
काठमाडौं । मन्त्रिमण्डलमा साना चार दलबाट थपिएका नयाँ मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाल परिवार दलका एकनाथ ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा र जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापाले पद थथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । ती चारै मन्त्री विहिबारमात्र मन्त्रिमण्ललमा सामेल भएका हुन् । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रालय टुक्र्याएर मन्त्री थपेका हुन् । दुई नयाँ मन्त्रालय थप भएका छन् । नयाँ मन्त्रालय थप भएसंगै अब मन्त्रालयको संख्या २८ पुगेको छ । यसअघि मन्त्रिमण्डलमा सहभागि भइसकेका केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । विना विभागीय मन्त्री शान्ता मानवी शान्ति तथा पुनःनिर्माण मन्त्री भएकी छन् । विश्वेन्द्र पासवानले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । 
 
यस्तै, नव नियुक्त मन्त्री बोहोराले श्रम तथा रोजगार मन्त्रालय, थापाले विज्ञान तथा प्रविधि मन्त्रालय र सिंहले सरसफाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । सपथ ग्रहण गरेपनि ढकाललाई मन्त्रालय परेको छैन । सरकारले मन्त्रिपरिषदमा भागवण्डा मिलाउन तीन मन्त्रालयलाई टुक्र्याएर दुई नयाँ मन्त्रालय थपेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जनसंख्या टुक्र्याउँदा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरण टुक्र्याएर जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको छ । शहरी विकास मन्त्रालय टुक्रिएर सरसफाई तथा खानेपानी मन्त्रालय बनेको छ । 
 
राज्यमन्त्रीको सपथमा लफडा
सरकारले राज्यमन्त्री समेत थप गरेको छ । यो संगै ओली सरकारमा जम्बो जमघट भएको छ । राज्यमन्त्रीका लागि एमालेबाट दामोदर भण्डारी, मञ्जु चौधरी, दिनेशचन्द्र यादव र गोपालबहादुर महतको नाम तय भएको छ । यद्यपि, नरदेवी पुन र दिपनारायण साहको समेत नाम जोडिएपछि विवाद सिर्जना भएको छ । विवादकै कारण विहिबार राज्यमन्त्रीहरुको सपथ रोकिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ