arrow

पाँच हजार रुपैया लाग्ने राहदानी सिफारिसमा १० हजार रुपैया लिइयो

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
MRP-Nepali-Passport.jpg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर। राहादानी सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय पाँचथरका कर्मचारीले सेवाग्राहीबाट मनोमानी रकम असुली गर्ने गरेको पाइएको छ।
गत मंगलबार रानीटार १ का अन्जीत दर्जीले प्रशासन कार्यालय पाँचथरले ५ हजार रुपैया लाग्ने सिफारिसमा १० हजार रुपैया रकम लिइएको भेटिएको हो। मलेसियाबाट अवैधानिक भएर फर्केका दर्जीले प्रशासनको सिफारिस बनाउँदा उक्त रकम लिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराए।
 
एउटै २५५१ नम्बरको रसिदमा एउटामा ५ हजार र अर्कोमा १० हजार रुपैयाँ लिइएको पाइएको हो। प्रशासन कार्यालयमा वुझाइने रसिदमा ५ हजार र दर्जीलाई दिने रसिदमा १० हजार रुपैयाको रसिद काटिएकोले सोझै घुस लिएको उनले दावी गरे। राहदानी फाँटका सुरेन्द्र दाहालले उक्त रसिद काटेका थिए।
 
सूचनाको हक अन्तर्गत दर्जीको राहदानी सिफारिसका लागि कति रकम लिइएको भन्ने निवेदन दिएपछि सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद रिजालले ५ हजार रुपैया मात्रै रकम कार्यालयलाई वुझाएको प्रमाणित गरेका थिए।
 
यस विषयमा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बुझ्न खोज्दा आफू जिल्ला बाहिर रहेकोले आएपछि छानविन गरी तोकिएको भन्दा वढि रकम लिइएको भए रकम फिर्ता गरिने र दोषी उपर विभागिय कारवाही गरिने वताउनुभयो। यस्तै अन्य सेवाग्राहीले भने यसरी मनोमानी रकम विगतमा पनि लिइएको हुन सक्ने भन्दै सम्वन्धित निकायले छानविन गर्न माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ