arrow

जुत्ता र कोट चाहिए भृकुटीमण्डप जानुहोस; बुट र सुटको प्रदर्शनी सुरु

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
boot-shoot-exhibitiion.jpg.jpeg
काठमाडौँ। फुटवेयर म्यानुफ्याक्चर एसोसियसन अफ नेपालको आयोजना तथा नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घको सह आयोजनामा १२औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा छालाजुत्ता तथा छालाजन्य वस्तुको साथमा स्वदेशी सिलाई व्यवसायीहरुका आफ्ना उत्पादनहरु प्रदर्शनमा राखिएको छ ।
 
सात दिनसम्म चल्ने मेलाको उद्घाटन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले गर्नुभयो । उद्घाटन समारोहमा उद्योगमन्त्री पाण्डेले स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई विस्तार गर्नुपर्ने बताउदै उपभोक्ताको चाहनाअनुसार छालाका सामग्री उत्पादन गरेर आयातलाई कम गर्नुपर्ने र आगामी दिनमा स्वदेशी उत्पादनले अन्तराष्ट्रियस्तरमा व्यापार प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मन्त्री पाण्डेले अप्रशोधित छालाको निर्यातलाई कम गर्ने र छाला तथा छालाजन्य सामग्री उत्पादन गर्ने दक्ष जनशक्ति तयार गर्न आवश्यक तालिमको व्यवस्था गर्न उद्योग मन्त्रालयले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरी घिमिरेले स्वदेशी उत्पादनलाई अन्तर्रा्ष्ट्रिय स्तरको बनाउन उद्योगीले गुणस्तरीय उत्पादनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । 
 
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले लगातारको बन्द र नाकाबन्दीका कारण औद्योगिक क्षेत्र मर्माहत भएको उल्लेख गर्दै अप्ठ्यारो अवस्थाबाट उद्योगलाई माथि उठाउन आफूहरुले दिएको सुझावलाई सरकारले कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा संघका पुर्व अध्यक्ष रामकृष्ण प्रसाई तथा निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय, हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्य, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष रबिनकुमार श्रेष्ठ र नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घका अध्यक्ष सुरज ब्रजाचार्य लगायतले स्वदेशी कच्चापदार्थको प्रयाग गरी उत्पादन गर्ने उद्योगीलाई ऋणमा सहुलियत दिनुपर्ने माग गर्नुभयो । संघका सचिव तथा मेला संयोजक मनोज कुमार श्रेष्ठले मेलाको औचित्य माथी प्रकाश पार्नुभयो ।
 
‘नेपाली सुट नेपाली बुट’ भन्ने नारामा सुरु प्रदर्शनीमा १०५ वटा व्यापारीक स्टल रहेका छन् जसमा १५ वटा सिलाइ व्यवसायी, छवटा छालावस्तु र बाँकी जुत्ताका स्टल रहेका छन् । यस मेलालाई करिब एक लाख जनाले अवलोकन गर्ने रु दुई करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ