arrow

सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस् : संयोजक दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
prachanda-09-05-.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक दाहालले सामाजिक सञ्जालका गतिविधिले मात्र चुनावी नतिजा निर्धारण नगर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा ‘हाहा’ र ‘हुहु’ गरेर केही नहुने टिप्पणी गरेका छन्।

उनले राष्ट्रलाई एकताबद्ध गर्न सक्ने, भ्रष्टाचारविरुद्ध उभिन सक्ने, सुशासन र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न सक्ने तथा आर्थिक विकासलाई गति दिन सक्ने नेता र पार्टीलाई नेपाली जनताले पहिल्यै चिनिसकेको बताएका छन्।

साथै, मित्र राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न सक्ने नेतृत्व पनि जनताले चिन्न सकेको उनको भनाइ छ।

संयोजक दाहालले आगामी निर्वाचन फागुन २१ गते नै हुने स्पष्ट पार्दै यसमा शंका नगर्न आग्रह गरेका छन्।

निर्वाचन हुन्छ कि हुँदैन भन्ने भ्रम यसअघि दोस्रो संविधानसभा निर्वाचनका बेला पनि देखिएको उल्लेख गर्दै अहिले पनि अनावश्यक शंकालु मानसिकता देखिएको उनले बताएका छन्।

उनले निर्वाचन देशभर एकै चरणमा गर्न सरकारलाई सुझाव दिँदै निष्पक्ष, स्वच्छ र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्नुपर्नेमा जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ