arrow

संविधान संशोधन नभई निर्वाचनमा जाँदै जान्नौ : मोर्चा

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
morcha-20.jpeg

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म चुनावमा नजाने पुरानै अडान कायमै राखेको छ । आइतबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले पुरानै अडानमा यथावत रहने निष्कर्ष निकालेको सद्भावना महासचिव मनीष सुमनले बताए ।

उनले भने, ‘हाम्रो पुरानै अडान छ । संविधान संशोधनपछि मात्रै कुनै पनि निर्वाचन हुन्छ । नभए आन्दोलन । यो हाम्रो पुरानै अडान हो ।’ सोमबार फेरि बैठक बस्नेछ । सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेकैबेला मोर्चाले संविधान संशोधन नभइ निर्वाचनमा नजाने अडान राखेको हो । बैठकमा चुनावको मिति घोषणा गर्ने सरकारको तयारी, आगामी रणनीति, स्वविय चुनाव लगायतका विषय प्रस्तुत भएको महासचिव सुमनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ