arrow

पाटनमा बंगलादेशबाट आएका फोटो पत्रकारहरुको प्रदर्शनी

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
bangla-photo-exhibition.jpg.jpeg
काठमाडौं। चितागोंग फोटो पत्रकार संघको आयोजनामा दुई दिने फोटो प्रदर्शनी पाटन संग्रहालयमा शुरु भएको छ। बंगलादेशको ब्यापारिक शहर चितागोंगमा रहेका पत्रकारहरुले गरेको प्रदर्शनीमा चितागोंगको कला, सस्कृती, पर्यटन झल्किने ४६ तस्विरहरु राखिएको छ । 
 
नेपालका लागि बंगलादेशका राजदुत मास्फी विन्टे साम्सले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्नुहुंदै राजदुत साम्सले नेपाल र बंगलादेश विच सयौं वर्षको सम्वन्ध रहेको र यो फोटो प्रदर्शनीले दुई देश विचको सस्कृती आदान प्रदानमा थप मदत पुग्ने विश्वास गर्नुभयो।
 
प्रदर्शनीमा भाग लिन चितागोंगबाट १३ जना फोटो पत्रकारहरु नेपाल आएका छन्। चितागोंग फोटो पत्रकार संघले आयोजना गरेको यो तेस्रो फोटो प्रदर्शनी हो । यसअघि पहिलो प्रदर्शनी चितागोंग र दोस्रो प्रदर्शनी भारतको त्रिपुरामा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ