arrow

एचपीभी खोप काठमाडौँमा पनि शुरू [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
hpv-vaccine-2082-10-27 (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउन शुरू गरिएको छ । 

आइतबारदेखि औपचारिक रूपमा अभियान सुरू भएको भए पनि म्रगलबारबाट काठमाडौँका महानगरहरूमा लगाउन शुरू गरिएको हो ।

खोप अभियान अन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइँदैछ । कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप लगाइरहेका छन् ।

सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो । 

गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरुलाई यसपटक खोप लगाइँदैछ । यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने सरकारको लक्ष्य छ । 

hpv-vaccine-2082-10-27 (3).jpeg
hpv-vaccine-2082-10-27 (4).jpeg
hpv-vaccine-2082-10-27 (5).jpeg
hpv-vaccine-2082-10-27 (6).jpeg
hpv-vaccine-2082-10-27 (7).jpeg
hpv-vaccine-2082-10-27 (8).jpeg
hpv-vaccine-2082-10-27 (9).jpeg
hpv-vaccine-2082-10-27 (10).jpeg
hpv-vaccine-2082-10-27 (1).jpeg
hpv-vaccine-2082-10-27 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ