arrow

औषधिसहितको स्वास्थ्यकर्मीको टोली गोठमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
bheda-changra-boka-81-6-24-.jpg

मुगु । मुगुबासीको मुख्य आम्दानीको स्रोत पशुपालन हो । तर बिगत लामो समयदेखि सोरु गाँउपालिका वडा नं १० र ११ का कृषकहरूले पाल्दै आएका भेडा-बाख्राहरू अज्ञात रोगको चपेटामा परेका छन् ।

पुस र माघ महिनामा अज्ञात रोगका कारण भेडा बाख्रा धमाधम मर्न थालेपछि स्वास्थ्यकर्मी भेडी गोठहरूका उपचारका साथै रोगको पहिचान गर्न व्यस्त भएका छन् ।

‘हामी तीन पुस्तादेखि भेडा पालन गरेर घर खर्च चलाइरहेका छौं । ६० भेडाको टाउको र घाँटी सुनिने, रौं खुइलिने, छेर्ने, हिड्न गार्हो मान्ने गरेका छन् । घरेलु औषधि गरे पनि नभएपछि एग्रोभेटबाट उपचार भएपनि भेडा मर्ने गरेका छन् । प्रत्येक भेडीगोठबाट २० देखि ३० सम्म भेडा मरेपछि निराश बनाएको छ । हालसम्म कुनै पनि निकायबाट औषधि उपचार भएको छैन् । तर समाचार आएपछि जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय र प्रदेश प्रयोगशालाबाट औषधिसहितको टोली आएको छ । अब आशा जगाएको छ,’ कृषक पूर्णबहादुर मल्लले बताए ।

पालिकाको पशु स्वास्थ्य टीम प्रभावित क्षेत्रमा पुगेर औषधि गरिरहेको छ भने गोठमा पुगेर रोगको बारेमा अनुसन्धान भइरहेको र अब रिपोर्ट आएपछि थप औषधि गर्ने सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

विभिन्न टोलीको अध्ययनले एक सय ५० भन्दा बढी भेडा बाख्रा मरेको पाइएको छ । थप अध्ययन गरी ल्यापबाट रिपोर्ट आएपछि थाहा हुने जिल्ल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ