- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरे आन्दोलनमा जाने चेतावनी दिएको मधेसी मोर्चाका नेताले निर्वाचनको मिति घोषणा भएको पत्यानन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते स्थानीय तहको मिति घोषणा गरेपनि मधेसी मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी पत्याएनन् ।
उनले भने, ‘निर्वाचनको मिति घोषणा भएको छैन । मिडियाले भन्दैमा हुन्छ । सरकारले अहिले कहाँ मिति घोषणा गर्छ ।’ संविधान संशोधन अघि नबढाई निर्वाचन हुनै सक्दैन । मिति घोषणा भइसक्यो अब के गर्नु हुन्छ ? त्रिपाठीले भने, ‘मिति घोषणा गरेको हो भने, हामी आफ्नो आन्तरिक तयारी थाल्छौँ ।’
प्रधानमन्त्रका मुख्य राजनीतिक सल्लाहकार चक्रपाणी खनालले चुनावको मिति घोषणापछि अब संविधान संशोधनको प्रक्रिया पनि तत्काल अघि बढ्ने बताएका छन् । सरकारले आइतबार साँझ मोर्चासंगको बैठकमा मंगलबार बस्ने संसद बैठकबाटै संविधान संशोधन प्रस्ताव अघि बढाउने प्रतिबद्धता जनाएको थियो ।