arrow

काँग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयनः धनराज गुरुङ

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
dhanraj-gurung.jpg.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा। नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य एंव सांसद धनराज गुरुङले काँग्रेसको नेतृत्वमा संविधान जारी भएझै काँग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुने बताएका छन् । नेपाल महिला संघ स्याङ्जाले आयोजना गरेको समसामयीक राजनीतिक अवस्था एंव संविधान २०७२ को कार्यन्वयनमा महिला संघको भुमिका विषयक इलाका स्तरीय गोष्ठिको भिरकोट नगरपालिकाको वयरघारीमा उदघाटन गर्दै गुरुङ्ले विकास र समृद्धिको लागि काँग्रेसनै आवश्यक रहेको धारणा व्यक्त गरे। गुरुङ्ले संविधान कार्यन्वयनको वर्तमान अवस्थालाई संकेत गर्दै भने काँग्रेस हात्ति भएको र हात्ति बसेको अवस्थामा एक दर्जन बाँदरहरु उफ्रिरहेको अवस्थाले गर्दा मधेश आन्दोलनले समेत निकास नपाएको भन्दै राष्ट्रिय अवस्थाप्रति व्यङ्ग्य गरे । 
 
नेपालको संविधान २०७२ नेपाली महिलाहरुको पक्षमा रहेको बताउदै व्यवस्थापिका सांसद समेत रहेका गुरुङले संविधानमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको बताए । संविधानमा एक तिहाइ महिलाको प्रतिनिधित्वको सुनिश्चित हुदै गर्दा काँग्रेसले समेत अवको महाधिवेसनबाट उक्त व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे । महिला भगवान हुन् नेता गुरुङ्ले भने,“मातृशक्तिलाई सधै सम्मान गर्नुपर्छ र तबमात्रै समाज समावेसीरुपले अगाडी बढ्न सक्छ ।” समानुपातिक प्रतिनिधित्व विना समाजमा थिचोमिचो र अन्याय कायम रहने हुनाले विस्तारै महिलाहरुलाई चुलो चौकोबाट बाहिर निस्की सामाजिक नेतृत्वमा सक्रिय हुन पनि महिलाहरुलाई नेता गुरुङले आग्रह गरे । 
 
सरकारको नेतृत्व गरेको एमालेप्रति कटाक्ष प्रकट गर्दै नेता गुरुङ्ले २२ बर्ष अगाडी एमालेले अरुण तेस्रो जलविद्युत परियोजना सम्पन्न हुन नदिएका कारणले विद्युत अभाव हुन पुगेको स्मरण गर्दै देशमा तत्काल समाजवादी पुँजी व्यवस्था लागु गर्नुपर्ने धारणा राखे। 
 
कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा साँसद कमलप्रसाद पंगेनीले काँग्रेस सच्चिएर अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए । आसन्न १३ औं केन्द्रिय महाधिवेसनलाई संकेत गर्दै पंगेनीले काँग्रेसमा गुट र उपगुटको राजनीति अन्त्य हुनुपर्ने जिकिर गरे । 
 
महिला संघकी जिल्ला अध्यक्ष कल्पना तिवारीले महिलाहरुलाई जागर र संविधानका बिषयमा बुझाउन यो कार्यक्रमको थालनी गरेको बताइन् । अहिलेसम्म महिला संघले दुई नगरपालिका र ३० गाविसमा यो कार्यक्रम पुगिसकेको जनाएको छ । कार्यक्रममा भिरकोट नगरपालिका लगायत आसपासका ८ गाविसका महिलाहरुको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ