arrow

हटाइयो आचारसंहिता विपरीतका पर्चा-पम्पलेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
gadi-hetauda-election.jpg

मकवानपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले निगरानी तथा अनुगमनलाई तीव्र बनाएको छ ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पर्चा-पम्पलेट हटाउन लगाएको जनाएको छ ।

प्रहरीका अनुसार केही सवारी साधनमा दल तथा उम्मेद्वारको प्रचारप्रसार सामग्री जडान गरिएको पाइएपछि तत्काल हटाउन निर्देशन दिइएको हो ।

यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षलाई अनुरोध तथा सम्झाइ-बुझाइसमेत गरिएको छ ।

यस सम्बन्धमा जानकारी दिँदै पुष्कर बोगटीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए ।

उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेद्वार तथा सर्वसाधारणलाई आग्रह गरे ।

प्रहरीले निर्वाचन अवधिभर आचारसंहिता उल्लङ्घन गर्ने कार्यप्रति निगरानी कडा बनाइने र आवश्यक परे कानूनी कारबाहीसमेत अघि बढाइने स्पष्ट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ