arrow

ओली सरकारलाई जनता भन्छन् - “बाडुलीले सार्हो सताउन थाल्यो ओली महोदय !”

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
oli-sarkar.jpg.jpeg

मुलुक आर्थिक रुपमा जर्जर बनिरहेका बेला तिन अर्व रुपैया बरावरको व्याय भार बोकाउने गरी जम्बो मन्त्रीपरिषद्लाई फेरी विस्तार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ  ।
नाकाबन्दीले सकसमा परेका जनतालाई राहत दिनुको साट्टामा मन्त्रीहरु बढाएर प्रधानमन्त्रीले जनताको दुःख माथी मज्जाक गरेको कतिपयको टिप्पणी छ ।
मन्त्रीपरिषद् विस्तारको खवर थाहा पाउने वित्तिकै देशविदेशमा रहेका सवै नेपालीले जिव्रो टोक्दै आत्मग्लानी गरेका छन् । मन्त्रीपरिषद् विस्तारका संवन्धमा आम जनताको दृष्टीकोणलाई समेट्न फेसवुकमा भेटिएका केही टिप्पणीहरुलाई यहाँ जस्ताको तस्तै उल्लेख गरिएको छ ।

महाप्रसाद खतिवडाको टिप्पणी यस्तो छ, “माग्न पनि जान्नुपर्छ हौ । उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री मागन सरकारले दिदो रछ कि रैनछ । प्यात्रोल, डिजेल, ज्ञास, सुशासन माग्छौ अनि कहाँ दिन्छ त ओलि सर्खार्ले ? ”

सरोज अधिकारीलाई भने प्रधानमन्त्री निर्वाचित भएको दिन प्रधानमन्त्रीले संसदमा दिएको भाषणको याद आएछ, “ एमाआवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले नमानेर थप मन्त्रालय फुटाउन नपाएको रे । नत्र अझै पांच मन्त्रालय थप्ने योजना रहेछ प्रधानमन्त्री ओलीको ः लाग्नु बाडुली लाग्ने भो । ”

भानुक्त ढकालको टिप्पणी पनि उस्तै उस्तै छ,  “बाडुलीले सार्हो सताउन थाल्यो ओली महोदय !”

सुमन खरेलको जिज्ञासा यस्तो छ, “कृषिलाई फुटाएर कृषि र पशु अलग मन्त्रालय बनाउने प्रस्ताव रहेछ। बरू अझ फुटाएर धान मकै कोदो गाई भैंसी र बाख्रा मन्त्रालय गठन गरे कसो होला ? ”

प्रकाश घिमिरेको मनमा अनौठो प्रश्न उव्जीएछ, “प्रधानमन्त्री के पी ओली ज्यूले कृषि विकास मन्त्रालयलाई फुटाएर कृषि र पशु मन्त्रालय बनाउने योजना बनाउनु भएकोरहेछ । यदि यसो भएको भए पशु मन्त्री को बन्थ्यो होला कुन्नी ?”

श्रीकृष्ण सिग्देल “ संविधान विपरीत ओली सरकार । २०७२ को संविधानले २५ जना सम्म मन्त्रिमण्डल कामय गर्न सकिने भनेर उल्लेख गरेको छ । ओली सरकारले २५ बाट नाघेर २८ र धान्नै नसक्ने गरी ६ जना उपप्रधानमन्त्री बनाए गाठे ओली जीले। लाज त मान्नु पर्छ नी । सरकार नै संविधान मान्न तयार छैन भने अरु दलले र आन्दोलनरत दलले पनि संविधान कसरी मान्नुन हँ । ज्यादती, अत्याचार जे गरेपनि हुन्छ भन्ने अवस्था । जनताले ग्यास, पेट्रोल नपाएर कति दुःख छ सरकार टिकाउने र देशको ढुकुटी सिध्याउने खेलमा ओली सरकार ”   

रामकृष्ण भण्डारी लेख्छन, “यो देश सक्नेहरूले लुट्न कै लागि हो । हिजो राणाहरूले लुटे,पन्चेले लुटे,प्रजातन्त्र भनेर बिधि समाप्त मात्रै पारेनन यिनैले लुटे । बिचमा राजाबादीले लुटे,अहिले गणतन्त्र भनेर एक करोडमा सासद पद किन्ने अनि तेईस हजार मतलाई सिगो पार्टी मानेर सत्ता जोगाउन मन्त्री पद बेच्ने,मन्त्रालय फुटाउने काम गरेर राजनितिक सस्कार खरानि पारेर लुट्दैछन । लुट,लुट । देश तिम्रै पेवा भयो, भाग पाउने सबै हनुमान भए ।लुट ”

त्यसैगरी एकराज पाठकको स्टाटस छ,  “कामकुरो एकातिर मन्रिमण्डल अर्कोतिर । लाजमर्दो ११ दिने पनि ऊस्तै खाने पनि ऊस्तै । देशैभरि बिरोध र अपमान । ईज्जतै नभएको पद पनि के खानु, हैट ”

जुगल भुर्तेलको भनाई यस्तो छ, “ओली दाइ, मन्त्रीपद बाँडेर बाँचुन्जेल सिंहदरबारको आसन पाइनेभए काँग्रेसको सभापति हुन शेरबहादुर देउबाले बुढेसकालमा जय नेपाल भन्दै यसरी जिल्लाको चक्कर लाउनु पर्ने थिएन । ”

नरेन्द्र केसीलाई भने पिडा भएछ, “ हिजो दुई मन्त्रालय र चार मन्त्री थपिए, आजदेखि लोडसेडिङ एक घण्टा थपिदै । बाढी पीडित, भूकम्पपीडितको पीडा थपिएको थपियै छ । नाकाबन्दीको त के कुरा भयो र १ नेपालमा समृद्धि र सम्पन्नताबाहेक सबै कुरा थपिन्छ । ”

तारानाथ दाहालको फेसवुक स्टाटसमा लेखिएको छ, “जाडोले ८ जना भूकुम्पपिडित मरेका दिन प्रधानमन्त्री आलीले गरिब जनताले तिरेको राजश्वमा मोजमस्ती गर्न ८ जनालाई मन्त्री नियुक्त। शासकहरु देशको हबिगतमाथि किन यति मजाक गर्छन ? ”

चन्द्रशेखर अधिकारीको टिप्पणी भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्फ छ, “दाहाल कमरेडकै काध चढेर बनेका कार्यकारीको मनपरीमा दाहालको मिलेमतो नभै कसरी सम्भव भयो माने यो बुझ्न आवश्यक छ । ”

भानुभक्त ढकाल लेख्छन, “बिनाशकारी भुकम्पमा समेत बाच्न सफल भएका ७ जना गरीब राजधानीको नजिकै चिसोले कठ्याङ्ग्रिएर मरे भन्ने पीडादायी समाचारले अहोरात्र चर्को राष्ट्रवादको माला जप्नमा ब्यस्त ओली सरकारलाई कुनै असर गरेको नदेखिए पनि आम नेपाली नागरिकको शीर भने लज्जाले निहुरिएको हुनुपर्दछ। ”

छविरमण अधिकारी प्रधानमन्त्रीले मलामी थपेको व्याङग्य गर्छन्, “ हाम्रा प्रधानमन्त्री केपी ओलीले देश र जनतालाई आफ्नो लागी मलामी थपेछन्। पुरै देश संकटमा परेको बेला मन्त्री थप्नु जरूरी थियो की समाधान खोज्नु जरूरी थियो रुके मन्त्री पद जागीर खाने मात्र ठाउँ हो र ? केही गर्न सकिन भनेर कुर्सी छोड्छन् की भनेको त लाजै नमानी कुर्सी जोगाउन पो लागेछन्। गर्नेलाई भन्दा देख्नेलाई लाज ”

मनिकर कार्कीलाई ओलीले गर्नु पर्ने काम बाँकी यत्ति नै थियो जस्तो लागेको छ । ओली कमरेड अब केही गर्छु भन्दै थिए, ड्याङै मन्त्रालय फुटाएर क्याबिनेट विस्तार गरिदिएछन् । धन्य हो अहिलेलाई गर्न बाँकी काम त्यत्ति नै थियो, अरु त सब ठीकठाकै छ नि ज्यू ? ”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ