arrow

दार्चुलामा हिमपात

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
jado.jpg.jpeg

बैतडी, १० पुस । अत्यधिक चिसो बढेसँगै दार्चुलामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङ्करलगायतका बासिन्दा बढी प्रभावित भएका खण्डेश्वरीका प्रताप ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो – “हिमपातसँगै बढेको हावाले झन चिसो बढेको छ ।”

एक हप्तादेखि अलिअलि परिरहेको थियो बिहीबार बढी हिमपातका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

चिसोबाटै बच्नका लागि उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा एक महिनाअघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ