arrow

चुनाव बिथोल्ने विप्लवको चेतावनी

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
biplab-maobadi.jpeg
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले स्थानीय निर्वाचनको विरोध गर्दै आफ्नो जनसत्ता सञ्चालन गर्ने घोषणा गरेको छ । अहिले स्थानिय निर्वाचनको आवाश्यकता र औचित्यता नभएको भन्दै विप्लव नेतृत्वको माओवादीले त्यसको कडा विरोध गर्ने घोषणा गरेको हो ।
 
महासचिव विप्लवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अतः नेपाली नजतालाई प्रतिक्रियावादी राज्यको चुनावको भ्रममा नपरी आफ्नो जनसत्ता संचालनमा ध्यान केन्द्रित गर्न हामी आव्हान गर्दछौँ ।’उनले जनयुद्धको मर्म विपरीत संसदीय व्यवस्था लादिएपछि नेपालमा जनसत्ता पुनःसंगठित र परिचालित भएको आरोप लगाएका छन् ।
 
‘संसदीय व्यवस्थाप्रति जनताको असहमति र जनसत्ता संचालन भइरहेको सन्दर्भमा हामी यो चुनावको कुनै औचित्य नरहेको स्पष्ट गर्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाली नजतालाई प्रतिक्रियावादी राज्यको चुनावको भ्रममा नपरी आफ्नो जनसत्ता संचालनमा ध्यान केन्द्रित गर्न हामी आव्हान गर्दछौँ ।’
 
विप्लवले जनसत्ता मार्फत स्थानिय निकायको काम सञ्चालन गर्ने र त्यसकालागि सहयोग गर्न उनले आवह्वान समेत गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ