संसद् बैठक भोलिसम्मको लागि स्थगित
प्रकाशित मिति : २०७३ फाल्गुण ११ बुधबार

काठमाडौं । व्यवस्थापिका संसद्को आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ । संविधान संशोधनको विधेयक पेश गर्ने कार्य तालिका सहित बस्न लागेको बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।
बैठक बिहीबार अपराह्न ३ बजेसम्मको लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । विपक्षी नौ दलको संयुक्त बैठकले आजको बैठकमा विधेयक अगाडि बढाउन नदिने निर्णय गरेपछि संसद् बैठक पनि स्थगित गरिएको हो ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">