arrow

नेताहरुद्वारा क्रिस्मसको शुभकामना व्यक्त

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
christmas-marry.jpg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले इसाई धर्मावलम्बीको महान् पर्व क्रिस्मसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । सभापति कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको भौगोलिक विविधतायुक्त नेपालमा सबै जातिका विभिन्न धर्म र संस्कृति अङ्गीकार गर्ने नागरिकबीचमा सदियौँदेखि सौहाद्र्रपूर्ण सम्बन्ध रही आएको उल्लेख गर्नुभएको छ । 
 
शान्ति, सद्भाव, एकता र मेलमिलाप मुलुकमा लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासलाई गतिदिने महत्वपूर्ण आधारको रुपमा विकसित भइरहेको उल्लेख गर्र्दै उहाँले संविधानसभाद्वारा जारी गरिएको नेपालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरी सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताउनुभएको छ । सभापति कोइरालाले जिसस क्राइष्टको जन्मदिवसको स्मृतिमा मनाइने क्रिसमस हर्षोल्लासपूर्वक सम्पन्न हुन सकोस् भन्दै यसले सबैको घरपरिवारमा सुख शान्ति र समृद्धिको वातावरण सिर्जना गरी सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ । यसैगरी, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले क्रिस्मसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुखशान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । 
 
यस्तै, किराँत जातिको महान् पर्व उधौलीको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण किराँत नेपाली दाजुभाइ तथा दिदीबहिनीमा समेत उहाँले सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामनासमेत व्यक्त गर्नुभएको छ । पौडेलले आज दिनुभएको शुभकामना सन्देशमा यसप्रकारका पर्वले आपसमा मित्रता, सदभाव र भाइचारा अभिवृद्धि गर्नुका साथै मुलुकसामु आइपरेका समस्या समाधान गर्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । 
 
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले इसाई धर्मावलम्बीको पर्व क्रिस्मसको अवसरमा शुभकामना दिँदै शान्ति र समृद्धिको कामना गर्नुभएको छ । संविधानसभाबाट संविधान जारी भएको र नेपाल नयाँ युगमा प्रवेश गरेकाले नेपाली जनताको समृद्धिका दिन सुरु भएको उल्लेख गर्दै उहाँले मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न मार्गप्रशस्त गरोस् भन्नेमा पनि जोड दिनुभएको छ । 
 
यस्तै, अध्यक्ष दाहालले किराँत जातिको महान पर्व उधौलीले आदिवासी किराँत समुदायमा खुसी तथा समृद्धिको मार्गप्रशस्त हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । आफूले विगतदेखि नै विभिन्न जाति तथा समुदायको अधिकारको पक्षमा आवाज उठाउँदै आएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ