arrow

रामेछापमा फेरि पठाइयो कर्मचारी र निर्वाचन सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
mat-pateka.jpg

रामेछाप । मतदानका लागि खटाइएका कर्मचारीहरू सोमबार दुर्घटनामा परेपछि रामेछापको तीन ओटा मतदान केन्द्रका लागि मंगलबार निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ ।

रामेछाप नगरपालिकाको वडा नं २ देउरालीको शीतलादेवी मावि र सिरुवारी मतदान केन्द्र तथा वडा नं ३ को वडा कार्यालय भवन साँघुटारका लागि पठाइएका मतदान कर्मचारी र मतदान सामग्री बोकेको गाडी सोमबार अपराह्न देउरालीको सिरुवारीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक परशुराम यादव र साँघु टारका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मृत्यु भएको थियो ।

दुर्घटनामा अन्य सात जना कर्मचारीहरूलाई घाइते भएका छन् । काठमाडौँ पठाइएका उनीहरूको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

मतदान अधिकृतको मृत्यु र कर्मचारीहरू घाइते भएपछि सो ठाउँमा अन्य कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

ती मतदान केन्द्रमा पठाएका मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री पनि क्षति भएका कारण त्यसको सट्टामा अन्य मतदान सामग्री पठाइएको छ ।

यसैबीच दुर्घटनामा ज्यान गुमाएका घिमिरेको मंगलबार मन्थलीको तामाकोशीमा अन्त्येष्टि गरिएको छ ।

उनी रुद्राक्षेश्वर मावि मन्थली-७ मुगिटारका निमावि द्वितीय शिक्षक हुन् ।

मृतक यादवको शव भने उनको गृह जिल्ला सप्तरी नै लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ