arrow

रामेछापका सबै केन्द्रमा शान्तिपूर्ण मतदान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
election-ramechhap-21-11.jpg

रामेछाप । रामेछाप जिल्लाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।

जिल्लाका ९६ मतदानस्थलका २३० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेपछि मतदान शुरू भएको थियो ।

जिल्लामा बहिन ११ बजेसम्म करिब १३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले जानकारी दिए ।

रामेछाप जिल्लामा कुल एक लाख ८७ हजार ९५२ मतदाता रहेका छन् ।

जिल्लमा मतदानस्थलमा मतदाताहरूको उपस्थिति भने निक्कै न्यून देखिएको छ ।

अधिकांश मतदान केन्द्रहरूमा मतदान गर्न फाट्ट फुट्ट मात्र मतदाता पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ