arrow

कर्णालीमा ५२ प्रतिशत मतदान, मतपेटिका सदरमुकाम ल्याँइदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
matpetika-karnali.jpg

सुर्खेत । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन कर्णालीमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन-२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको हो ।

कर्णालीका १२ निर्वाचन क्षेत्रमा एक सय ३८ जना उम्मेद्वार मैदानमा छन् ।

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १२ निर्वाचन क्षेत्रमा ५२ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार साँझ ५ बजेसम्म पाँच लाख ४५ हजार ५७६ मत खसेरको छ ।

कर्णालीमा जम्मा १० लाख ३७ हजार २५० मतदाता छन् ।

यहाँको हिमाली जिल्ला डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ । डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन् । १५ हजार ९ सय ५६ मत खसेको जनाइएको छ ।

सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइृने छ ।

हिमाली जिल्ला डोल्पा र हुम्लामा मतपेटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिने र मतपेटिका संकलन भएपश्चात मतगणना शुरू गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ