arrow

पेट्रोल चोरी गरिरहेकै अवस्थामा ट्याङ्करसहित एक पक्राउ

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
tel-chori.jpg.jpeg
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको पौराइ चोकमा शुक्रबार बिहान नेपाल आयल निगमको ट्याङ्करबाट इन्धन झिक्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
 
ना ४ ख ६३६ नं को ट्याङ्करमा पाइप घुसाई तेल झिकिरहेको अवस्थामा पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका–२१ बस्ने २५ वर्षीय टपेश्वर पटेल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ट्याङ्कर चालक फरार छन् । 
 
प्रहरीले घटनास्थलबाट १० लिटरको पेट्रोल भरेको जर्किन र ट्याङ्करसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ । सो ट्याङ्कर विराटनगरबाट काठमाडौँस्थित निगमको थानकोट डिपोका लागि इन्धन बोकी आएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ