arrow

संसद बैठक बस्यो, संविधान संशोधन विधेयक कार्यसूचीमा

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
samsad-bhawan.jpeg

काठमाडौं । संसद बैठक बसेको छ । १६ दिनसम्म नबसेर १० गतेबाट निरन्तर २ दिन सरेको बैठक विहिबार बसेको हो । बैठकमा संविधान संशोधन सम्बन्धि विधेयक पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै, एमाले सहितका विपक्षीदलहरुले संसद अवरोध गरेका छैनन् । यद्यपि, संविधान संशोधन विधेयक पास गर्न नदिने अडान कायम राखेका छन् ।

यस्तै, प्रधानन्यायाधीश र न्यायाधीशहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धि विधेयक, विधायन समितिको विधेयक र लोकमानसिंह कार्कीबारेको महाभियोगबारे तयार पारिएको प्रतिवेदन पनि कार्यसूचीमा रहेका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ