arrow

रौतहट-४ मा रास्वपाका पौडेलको अग्रता, पछ्याउँदै नेकपाका भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
vote-count-2082.jpg

रौतहट । रौतहट क्षेत्र नं ४ अन्तर्गत गढीमाई नगरपालिका-९ को इनरवाटोलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन् ।

सात सय ७८ मत गणना हुँदासम्म पौडेलले भारी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका हुन् ।

मत परिणामअनुसार पौडेलले चार सय ४३ मत प्राप्त गरेका छन् उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार रामकुमार भट्टराईले एक सय ५२ मत प्राप्त गरेका छन्।

रास्वपाका पौडेल र भट्टराईबीचको मतान्तर दुई सय ९१ रहेको छ ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ९४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले मात्र २१ मत प्राप्त गरेका छन् ।

मुख्य प्रतिस्पर्धी ठानिएका दलहरूलाई पछि पार्दै रास्वपाका युवा उम्मेद्वार पौडेलले लिएको यो अग्रतालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । अहिले सो क्षेत्रमा मतगणना कार्य जारी छ ।

मत परिणामको संक्षिप्त विवरण ९७७८ गणना हुँदा

गणेश पौडेल (रास्वपा): ४४३ मत (अग्रता)

रामकुमार भट्टराई (नेकपा):१५२ मत

देवप्रसाद तिमल्सिना (नेपाली कांग्रेस): ९४ मत

रामजी साह (नेकपा एमाले):२१ मत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ