arrow

रामेछापका सबै मतपेटिका मन्थलीमा ल्याइयो, सर्वदलीय बैठकपछि मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
ramechhap-election.jpg

रामेछाप । रामेछापका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मन्थलीमा सङ्कलन गरिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म जिल्लाभरका सबै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मन्थली ल्याइएको हो ।

जिल्लाका ९६ मतदानस्थलअन्तर्गत रहेका २३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया शुरू गर्ने तयारी गरिएको छ ।

कार्यालयका अनुसार मतपेटिका संकलनको काम पूरा भएसँगै सर्वदलीय बैठक पनि बोलाइएको छ ।

बैठकमा मतगणनासम्बन्धी प्रक्रिया, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका विषयमा छलफल गरिने जनाइएको छ ।

सर्वदलीय बैठक सम्पन्न भएपछि मात्रै औपचारिक रूपमा मतगणना शुरू गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणनाका लागि मन्थलीस्थित मालपोत कार्यालय परिसरमा मतगणनास्थल तयार पारिएको छ ।

आवश्यक सुरक्षासहित मतगणनाका लागि कर्मचारी तथा प्रतिनिधिहरूलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

रामेछापमा यसपटक कुल एक लाख ८७ हजार ९५२ मतदाता रहेका थिए। तीमध्ये ९० हजार ७१० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो कुल मतदाताको करिब ४८ प्रतिशत हो ।

मतदान सम्पन्न भएपछि जिल्लाभरबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याउने कार्य पूरा भएसँगै अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ