-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना अझै शुरू हुन सकेको छैन ।
यसअघि बिहान साढे १० बजेदेखि मतगणना शुरू गर्ने तयारी गरिएको भए पनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले गणना प्रक्रिया शुरू हुन नसकेको हो ।
जिल्लाका क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रको मतगणना एकै समयमा शुरू गर्ने भनिएको थियो।
तर निर्धारित समय बितिसक्दा पनि मतगणना शुरू नभएपछि उम्मेद्वार, दलका प्रतिनिधि तथा सर्वसाधारणमा अन्योलता देखिएको छ ।
मतगणना कहिलेबाट शुरू हुने भन्ने विषयमा अहिलेसम्म आधिकारिक समय तय नभएको स्रोतले जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयले तयारी भइरहेको र छिट्टै मतगणना शुरू गरिने जनाएको छ।