arrow

रुपैडिया नाकामा तनाव, ४ मोर्चा कार्यकर्ता पक्राउ, बर्दियामा भारतीय वन रक्षकले नेपाली युवालाई गोली हाने

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
Rupadiya.jpg.jpeg
बाँके । एक सता अघि देखि निर्वाध संचालनमा रहेको नेपालगञ्ज–रुपैडिया शुक्रबार एका एक अवरुद्ध भएको छ । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकताले अवरोध गरेपछि शुक्रबार विहान देखि ठूला सवारी साधन नेपाल छिर्न सकेका छैनन् ।
 
बिहानैदेखि नाकामा अवरोध गरेपछी प्रहरीले रामकुमार दीक्षितसहित मोर्चाका ४ कार्यकर्तालाई पक्राउ गरेको छ । मोर्चाका कार्यकर्ताहरु पक्राउ परेपछी दशगजामा तनाव सिर्जना भएको छ । प्रदर्शनकारीले सीमा नाकामा अरोधका गतिविधि गरिरहेका छन् । 
 
बर्दियामा भारतीय वन रक्षकले नेपाली युवालाई गोली हाने 
बर्दियास्थित नेपाल–भारत सीमा क्षेत्रको मूर्तिहा नजिक कर्तनियाघाट वन्यजन्तु आरक्षमा भारतीय वन रक्षकले दाउरा खोज्न गएका एक नेपाली युवकलाई गोली हानेका छन् ।  सीमा नजिकैको भारतीय आरक्षतर्फ दाउरा खोज्न गएका गुलरिया नगरपालिका–१२, टेपरी गाउँ निवासी २१ बर्षीय शेरबहादुर डाँगीलाई नेपाल–भारत सीमानामा रहेको ६१ नम्बर मुख्य पिलरको सहायक ८ नम्बर पिलर नजिक वन रक्षकले गोली दागेका हुन् ।
 
शेरबहादुरको टाउकोमा दुईवटा छर्रा लागेको छ । अवस्था खतरामुक्त रहेका उनको उपचार भइरहेको बताइएको छ ।  भारतीय वनमा दाउरा खोज्न गएको बेला २ सय मिटर टाढाबाट भारतीय वन रक्षकले दुई फायर गरेको घाईते डाँगीले प्रहरीलाई सुनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ