arrow

गिरिराजमणिलाई हराउँदै महोत्तरी १ मा रास्वपाका प्रमोदकुमार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
pramodkumar-mahato.jpg

काठानडौँ। महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोदकुमार महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले आज बिहान जारी गरेको अन्तिम मतपरिणाम अनुसार महतोले भारी मतान्तरले जित हासिल गरेका हुन्। निर्वाचन अधिकृत गगनदेव महतोका अनुसार रास्वपाका उम्मेदवार महतोले ३४ हजार ६३६ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत मात्र पाएका छन्। महतो र पोखरेलबीचको मतान्तर २२ हजार १२ रहेको छ। यसैगरी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६ हजार २१३ मत प्राप्त गरेका छन्।

मधेस प्रदेशको महत्त्वपूर्ण मानिने यस क्षेत्रमा पुराना र प्रभावशाली नेताहरूलाई पछि पार्दै रास्वपाका महतोले फराकिलो जित निकालेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ