arrow

रुकुम पश्चिममा पछि परे जनार्दन, नेकपाका गोपालको फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
janardan-gopal-rukum-paschim.jpg

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा पछाडि परेका छन् ।

जनार्दनलाई उछिन्दै नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले अग्रता कायम गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपाका शर्माले ७२ सय ७२ मत प्राप्त गरेका छन् ।

उनको प्रतिस्पर्धी प्रलोपाका जनार्दन शर्माले ५१ सय ६० मत प्राप्त गरेका छन् ।

यहाँ नेपाली कांग्रेसका राजु केसीले ४८ सय ४२ मत प्राप्त गर्दा रास्वपाका मानबहादुर शाहीले १२सय ५१ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका नन्दराम देवकोटालाई ६२१ मत परेको छ । उम्मेदवारी दर्तापछि यहाँ एमाले र प्रलोपाले समीकरण गरेका थिए ।

कुल एक लाख छ हजार ६६० मतदाता रहेको रुकुम पश्चिममा ६२ हजार ९६८ मत खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ