arrow

भक्तपुर १ मा नेमकिपाको 'लालकिल्ला' ढल्यो, रास्वपाका रुकेश रञ्जित विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
rakesh-ranjit.jpg

काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दशकौँदेखिको विरासत तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार भर्खरै सम्पन्न मतगणनामा रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले नेमकिपाका सचिव एवं प्रभावशाली नेता प्रेम सुवाललाई ५ हजार २८९ मतान्तरले पराजित गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका सुवालले २८ हजार १४७ मत मात्र पाएका छन्। यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने ४ हजार २८२ मत र नेकपा (एमाले) का सोम मिश्र ३ हजार ७२१ मतमा सीमित भएका छन्।

भक्तपुर १ लाई नेमकिपाको अभेद्य किल्ला मानिन्थ्यो, जहाँ रास्वपाका युवा उम्मेदवार रञ्जितले हात पारेको यो जितलाई राजनीतिक वृत्तमा ठूलो उथलपुथलका रूपमा हेरिएको छ। अहिले भक्तपुरका सडकमा रास्वपाका समर्थकहरूले 'घण्टी' बजाउँदै विजय जुलुस निकालिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ