arrow

भारत र श्रीलंका भिड्दै, नेपालका लागि प्रतिक्षाको खेल

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
sport--Fnl.jpg.jpeg
काठमाडौं । भारतको केरलामा जारी ११औं साफ च्याम्पियनसिप फुटबलमा शुक्रबार (आज) उपाधि दावेदार भारत र श्रीलंका भिड्दै छन् । केरलाको त्रिबेन्द्रममा हुने खेलमा बलियो भारत र कमजोर मानिने श्रीलंक भिड्न लागेका हुन् । समूह ‘ए’ को यो खेल नेपालका लागि महत्वपूर्ण छ । 
 
तीनवटा टोली मात्रै रहेको समूह ‘ए’ मा एउटा खेल जित्ने टोली सेमिफाइनल पुग्ने सम्भावना छ । समूहको पहिलो खेलमा श्रीलंकाले नेपाललाई हराएकाले यो खेल नेपालका लागि प्रतिक्षाको विषय बनेको हो । यो खेलमा जे भए पनि नेपालले सेमीफाइनल यात्रा तय गर्न समूहको अन्तिम खेलमा आइतबार आयोजक भारतलाई हराउनुपर्ने हुन्छ । यद्यपि, राष्ट्रिय टोलीले खेलेका पछिल्ला १२ खेलमा गोल गर्न सकेको छैन ।
 
साफ च्याम्पियनसिप अन्तर्गत विहिबार भएका समूह ‘बी’ का खेलमा अफ्गानिस्तान र माल्दिभ्स विजयी भएका छन् । साविक विजेता अफ्गानिस्तानले बंगलादेशलाई ४–० ले हरायो । यस्तै, माल्दिभ्सले भुटानलाई ३–१ ले पराजित गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ