arrow

राष्ट्र कल्याणका लागि राष्ट्रपति भण्डारीले विशेष पूजा गर्ने, राष्ट्रपति बनेपछी पहिलो पशुपति दर्शन

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
pasupati.jpg.jpeg
काठमाडौं । केही दिन अघि जनकपुरका रामजानकी मन्दिर भ्रमणको चर्चा सेलाउन नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याणको कामना गर्दै पुस १३ गते सोमबार बिहान ९ः३० बजे पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम तय भएको छ । जनकपुर भ्रमणका क्रममा राष्ट्रपतिको मन्दिर प्रवेशलाई लिएर तोडफोड भएको थियो । साथै विद्यवाले पाइला टेकेको भन्दै मन्दिर सफा गर्ने कार्य समेत भएको थियो । 
 
सोमबार मुलुकमा भइरहेको सङ्कटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा गर्ने कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनले बताए । टण्डनले भने ,‘राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुहुनेछ, बिहान ९ः३० बजे पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम तय भएको छ ।’
 
राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचन र स्थानीयवासीले धिमेबाजा एवम् बाँसुरी वादनले उहाँको स्वागत गर्ने कार्यक्रम तय भएको कोषले जनाएको छ । पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घन्टा पशुपति परिसरमा बिताने छन् । राष्ट्रपति भएपछि भण्डारीको यो पहिलो पशुपतिनाथमा पूजा एवम् दर्शन हुनेछ । राम जानकी विवाह महोत्सबको जनकपुर भ्रमणलाई राजनीतिक विषयसंगै जोड्दै राष्ट्रपतिलाई दुव्र्यवहार भएको भन्दै अहिले पनि विभिन्न अधिकारकर्मी र सरोकारवालाहरुले विरोध गरीरहेका छन् । दोषीलाई कारबाहीको गर्न चौतर्फी दबाब आइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ