arrow

इरानी आक्रमणमा ज्यान गुमाएका दिवसको शव परिवारलाई बुझाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
pararastra-mantralayas.jpg

काठमाडौँ । इरानको मिसाइल आक्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पार्थिव शरीर नेपाल ल्याई परिवारलाई हस्तान्तरण गरिएको छ। परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी श्रेष्ठको शव परिवारलाई बुझाइएको जानकारी दिएको हो।

मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले मृतक श्रेष्ठको परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया समेत सुरु भइसकेको बताए। गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ थान्ती घर भएका श्रेष्ठ युएईमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए।

पत्रकार सम्मेलनमा महाशाखा प्रमुख खड्काले मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोग तथा दूतावासहरू मार्फत निरन्तर जानकारी संकलन र 'ट्राभल एड्भाइजरी' जारी गर्ने कार्य भइरहेको उल्लेख गरे। उनले हाल मध्यपूर्वमा रहेका अन्य नेपाली नागरिकहरू सुरक्षित रहेको र उनीहरूको सुरक्षाका लागि सरकार गम्भीर रहेको समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ