arrow

स्वाइन फिभरले चन्द्रपुरमा मर्न थाले बङ्गुर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
bangur-palan-kanchanpur.jpg

रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् ।

यो रोगले चन्द्रपुर नगरपालिका-५ राजपेडा गाउँका हरि गुरोका १४ ओटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका हुन् ।

एक साताको अन्तरालमा १४ ओटा बङ्गुर मरेका किसान गुरोले दुखेसो गरे ।

बङ्गुरको उपचारका लागि पशु चिकित्सकहरुलाई खबर गरेको र उपचार गर्दागर्दै पनि बङ्गुर मरेको उनले बताए ।

डा चौधरीका अनुसार चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगले मरेको छ ।

रोग विशेषगरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका पशुबाट फैलने उनले बताए ।

रोग नियन्त्रणका लागी चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप लगाउने घोषणा गरेता पनि हाल खोप अभाव भएकाले केही समय लाग्ने चिकित्सक चौधरीले बताए ।

चन्द्रपुरका किसानले छ हजारको हाराहारीमा बङ्गुर पालेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ