arrow

अमिताभ बच्चनको चिठ्ठी पर्खिदै आलिया

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
bachchan-alia-sonakshi-759.jpeg
एजेन्सी । आलिया भट्टले बलिउडमा हाईवे, उडता पन्जाब जस्ता चलचित्रमा आफ्नो अभिनय क्षमता देखाइ सकेकी छन् । आलिया पहली पटक अमिताभ बच्चनसँग अयान मुखर्जीको चलचित्रमा देखिने भएकी छन् ।  आलियाका अनुसार अमिताभ अहिले पानि  जवान रहेका छन् र उनिसँग गफ गर्न एउटा साथिसँग जस्तै अनुभव हुने गरेको छ । 
 
 यसै हप्ता आलियाले बीबीसी हिन्दिलाई अन्तर्वाता दिएकी छन् । उनले अन्तर्वातामा भनिन् , ' मैले धेरै पटक  बच्चन साहबसँग कुरा गरेको छु । हामिले एक अर्कासँग काम गर्ने इच्छा देखायौ । यदि बच्चन साहबसँग काम गर्ने अवसर मिलेमा म निकै खुशी हुनेछु । '
 
अमिताभसँगको भेट बारे सुनाउदै आलियाले भनिन् , 'मेरो बच्चन साहबसँग भेट अभिनेत्री बनेपछि मात्र भएको हो । पहिले म भेट्न अफट्यारो मान्थे तर  अब वहाँसँग भेट्न सामान्य भएको छ । वहाँ निकै राम्रो हुनुहुन्छ र जवान पनि गफ गर्न पनि साथिसँग जस्तै लाग्छ ।' 
 
आलियाले भनिन् 'युवा अभिनेताहरुको प्राय आफ्नो अभिनयको लागि अमिताभको हातले लेखिएको  चिट्टी मिलोस् भन्ने होड चल्छ ।' आलियालाई अहिले सम्म आफ्नो अभिनयको लागि दुईवटा चिट्ठि पाएकी छन् । चलचित्र हाईवे र उड़ता पंजाबको लागि उनले चिठ्ठी पाएकी हुन् । सो चिठ्ठीलाई उनले आफ्नो नयाँ घरमा सजाएर राखेकी छन् । अब उनलाई अमिताभले कहिले चिठ्ठी लेख्ने हुन् त्यसको प्रतिक्षा रहेको उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ