arrow

ग्यास चुहिएर तीन गम्भीर घाइते

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
mahottari.jpg.jpeg
गौशाला । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित एक घरमा आज ग्यास चुहिएर आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जलेश्वर–२ बस्ने ४० वर्षीय सञ्जय साह, उनकी पत्नी ३५ वर्षीया दिव्या देवी पूर्वे र कामदार जलेश्वर–१४ बस्ने १६ वर्षीय कुन्दन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 
घाइते तीनै जनाको उपचार जलेश्वर–५ स्थित शान्ति सामुदायिक अस्पतालमा भइरहेको छ । घाइतमध्ये पतिपत्नी दुवैको शरीरको अधिकांश भाग जलेको छ । चौधरीको अवस्था पनि गम्भीर रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । आज साँझ करिब ४ः३० बजेको समयमा घरमा खाजा पकाइरहेको बेला अचानक ग्यास चुहिएर आगो फैलिएको हो । आगोलाई जलेश्वर नगरपालिकाको बारुणयन्त्रले तत्काल नियन्त्रणमा लिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ