arrow

जबर्जस्ती करणीबाट १३ वर्षे बालिका गर्भवती, ५३ वर्षे बलबहादुर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
pakrau9.jpg

काठमाडौँ । जवरजस्ती करणीबाट बालिका गर्भवती बनाएको आरोपमा कालीकोटमा एक जना पक्राउ परेका छन् ।

रास्कोट नगरपालिका-१ की बालिका १३ बर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको जनाएको छ ।

साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीको बुवाबाट बलात्कार भएको भन्दै १३ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन ।

बलात्कारमा परेकी बालिकाको महिनावारी रोकिए पछि फुपूले सोधी खोजी गर्दा बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् ।

त्यसपछि उक्त घटना प्रहरीकोमा पुगेको हो । गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् ।

रास्कोट-१ का ५३ वर्षीय बलबहादुर सार्कीले आफूलाई बलात्कार गरेको बालिकाको आरोप छ ।

‘साथीको घरमा गएको बेला साथीसँगै सुतिरहेको अवस्थामा साथीको बुवाले जवरजस्ती करणी गरे,’ उनले जाहेरीमा उल्लेख गरेकी छन्, ‘माघ १३ गते रातl र १४ गते बिहान बलात्कार गरी घटना कसलाई नभन्न र भने पछि मारिदिने धम्की दिए ।’

घर बाहिर निस्केर ५०० रुपैयाँ पनि अभियुक्तले दिएको ती बालिकाको जाहेरीमा उल्लेख छ ।

गत माघ १३ गते छोरीसँग घरमा आएकी छोरीकी साथीलाई ललाइफकाइ बलात्कार गरेर गर्भवती बनाएको जाहेरी परेपछि सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला कार्यालयका प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ