arrow

देशभर भारी वर्षा, हिमपात र भीषण हुरीको चेतावनी: सतर्क रहन प्राधिकरणको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
bipad-jokhim.jpg

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र शक्तिशाली हुरी चल्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अपील गरेको छ। प्राधिकरणले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सम्भावित जोखिमबाट बच्न पूर्वतयारी र सचेतनाका लागि आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना छ। यसैगरी, लुम्बिनी प्रदेशका दाङ, नेपालगञ्ज र तराईका अन्य क्षेत्रहरूमा तीव्र गतिको हुरी चल्ने अनुमान गरिएको छ।

विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा ११९ किलोमिटर प्रतिघण्टासम्मको विनाशकारी हुरी चल्न सक्ने चेतावनी दिएको छ। यस्तो तीव्र गतिको हुरीका कारण रुखहरू ढल्ने, कमजोर भौतिक संरचनाहरू भत्किने तथा विद्युत् र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध हुन सक्ने जोखिम रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ