काठमाडौ। एकीकृत नेकपा माओवादी स्थायी समितिका सदस्य गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मुलुककोलागि भार बनेको भन्दै एक सय दिन पुगे पछि सरकार ढाल्ने चेतावनी दिएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ एक सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नु पर्छ । यो मुलुकको लागि बोझ भईसकेको छ । ’किरातीले केन्द्रीय समितिको बैठकमै आफूले सरकारबाट फिर्ता हुनु पर्ने प्रस्ताव राखेको जानकारी दिदै त्यतीबेला नै अध्यक्ष प्रचण्डले कम्तिमा एक सय दिन पर्खिनुस भनेर भनेको स्मरण गरे ।
उनले मन्त्रीमण्डल विस्तार र मन्त्रालयको विभाजनको भत्र्सना गर्दै कालाबजारी, महंगी, अभाव बढीरहेको, थारुवान र मधेस जलिरहेको बेला सरकार विस्तार गर्नु राष्ट्रिय बेईज्जती भएको तर्क गरे । उनले भने,‘ म यसको विरोध गर्छु, सबैले यसको विरोध गर्नुपर्छ । प्रधानमन्त्री पदलाई बढी बोल्नेलाई खसी पार्ने ठाँउ भएको उल्लेख गर्दै भने,‘ प्रधानमन्त्री केपी शर्मा ओली पनि पहिला आकासको तारो झार्छु भन्थे तर सकेनन ।’ किरातीले भने । मधेसीले राखेको बहु राष्ट्रिय राज्यको मागप्रति समर्थन जनाउँदै किरातीले त्यो नगरे मधेस विभाजन हुने चेतावनी दिए ।