arrow

हावाबाट विद्युत निकाल्ने ओली सरकारको अर्को चमत्कार, एकै सातामा दुई पटक लोडसेडिङ बृद्धि

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
bulb.jpg.jpeg
काठमाडौं । लोडसेडिङ बढाएको एक साता नवित्दै नेपाल विद्युत प्राधिकरणले फेरि एक घण्टा विद्युत कटौती थपेको छ । गएको शनिबार ८ घण्टाबाट १० घण्टा लोडसेडिङ कायम गरेको प्राधिकरणले अर्को शनिवार नआउँदै शुक्रबारबाट ११ घण्टा विद्युत कटौती गर्न थालेको छ । नदीमा पानीको बहाव घटेसंगै विद्युत उत्पादन कम हुन थालेको भन्दै प्राधिकरणले अब सातामा ७७ घण्टा विद्युत कटौती गर्ने भएको हो । लामो समयको तराइ बन्दले निर्माण सम्पन हुने लागेका आयोजना र मर्मत भइरहेका आयोजनाको काम समेत अवरुद्ध हुँदा विद्युत उत्पादन कम भइरहेको प्राधिकरणको भनाई छ ।  
 
नाकाबन्दीले इन्धन अभाव भएपछि विद्युत भार बढेकाले कतिपय स्थानमा विद्युतीय टान्सफर्मर बेकामे हुँदा चार–पाँच दिन देखि विजुली बल्न छाडेको छ । विद्युत भारले विद्युतीय टान्सफर्मरहरुमा खराबि आएपछि प्राधिकरणले कटौती गर्ने भन्दा बढी विद्युत कटौती हुन थालेको छ । विद्युत आपूर्तिको समस्याका कारण घरायसी मात्र नभई कार्यालयका कामकाज समेत ठप्प भएका छन् । 
 
भारतले यस वर्ष गत वर्ष भन्दा सस्तोमा विजुली दिने बताए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले विद्युत खरिद प्रक्रिया अघि बढाएको छैन । सरकारले आत्मनिर्भरताका नाउमा नागरिकलाई दाउरा वितरण गर्दै भारतको विद्युत खरिद नगर्ने प्रतिक्रिया दिएको थियो । यस्तै, ओलीले केही दिन अघि सार्वजनिक कार्यक्रममै हावाबाट विद्युत निकाल्ने उद्घोष गरेर आफैलाई ठगेका थिए ।
 
उनको सरकारले आत्मनिर्भरताका कुरा गरिरहँदा लोडसेडिङ बढ्दो क्रममा छ भने इन्धनको कालोबजारीले निम्न वर्गका नागरिकको विचल्ली बनाएको छ । सरकारी निकायहरुले अव बन्ने घरहरुमा सौर्य उर्जा जडान गर्ने बहस चलाइरहेका छन् । तर, तत्कालिन समस्या समाधानको उपाय अवलम्बन गर्न कोही तत्पर छैनन् । यसअघि, मुस्ताङ म्याक्स चढेर लोकप्रियता कमाएका बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाउने भनेको डिजेल प्लान्टको समेत निर्कै चर्चा भएको थियो । डिलेल प्लान्टमा फेल भएका भट्टराईका पालामा छिमेकी भारतसंग विभिन्न महत्वकांक्षी सम्झौता भएपनि कुनै उपलब्धी हुन सकेन । फलस्वरुप मुलुक अभावबाट उम्किन सकेन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ