arrow

खसी भन्दै बाख्रीको मासु बिक्री गर्ने तीन व्यापारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
pakrau9.jpg

मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको आरोपमा प्रहरीले तीन जना व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उपभोक्तालाई झुक्याएर मासु बिक्री भइरहेको सूचनाका आधारमा बजार क्षेत्रमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यापारीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।

साथै, उपभोक्तालाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ