एजेन्सी । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अमिताभ बच्चनसँग चलचित्र 'पिंक' हेरेका छन् । अनिरुद्ध राय चौधरी निर्देशित सो चलचित्र हेर्न मुखर्जीले चलचित्रका कलकारहरुलाई दिल्ली स्थित राष्ट्रपति भवनमा निमन्त्रणा गरेका थिए ।
अभिनेत्री तापसी पन्नूले आफुहरु चलचित्र हेर्ने राष्ट्रपति भवन जाने शनिबार ट्वीट गरेकी थिइन् । अमिताभले शुक्रवार राति आफ्नो ब्लगमा पनि सो जानकारी दिएका थिए ।
चलचित्रले समाजमा महिला बिरुद्ध हुने दुर्व्यवहारलाई उजागर गरेको छ । 'पिंक'मा अमिताभ, तापसी, कीर्ति कुल्हरी, अंगद बेदी, ऐन्ड्रिया तारियांग र पियूष मिश्राको मुख्य भुमिका रहेको छ । चलचित्रले भारतमा महिलाहरु माथि हुने दुर्व्यवहारमा कमि ल्याउन सहयोग गरेको बताइन्छ ।