arrow

वर्ड इकोनोमिक फोरमले आत्मनिर्भरलाई देखाएको सफलताका तीन सूत्र

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
Sucesses_formula.jpeg
काठमाडौं । अरुको अधीनमा बसेर काम गर्ने मन कसको पो हुन्छ र ? तर, अरुको अधीनमा बसेर काम गर्ने चाहाना छैन भन्दैमा झट्ट आत्मनिर्भर बन्नेबाटो तर्फ लाग्न पनि सहज छैन । किनकी आत्मनिर्भरताको बाटो आफैंमा जोखिमपूर्ण बाटो हो । अझ यसको सुरुवाती समयत झनै जोखिमपूर्र्ण हुन्छ । 
 
‘सपना लिनूस् र त्यो सपना पूरा हुन्छ’ त धेरै दार्शनिक पुस्तकहरुले दिने दर्शन हुन् । सपना देखेपछि पूरा हुन्छ भन्ने दर्शन पनि धेरैले दिने गर्दछन् । तर, सफलता प्राप्त कसरी हुन्छ भन्ने विषयमा खासै उल्लेख गरको पाईँदैन । 
 
तर हामीले वर्ड इकोनोमिक फोरमले देखाएको आत्मनिर्भरतामा सफलताको बाट तल प्रस्तुत गरेका छौं । कुनैपनि नयाँ व्यवसायमा हात अगाडि बढाउनु अघि हामीले धेरै जानबुझ गर्नु आवश्यक छ । होईन भने हाम्रो समय, शक्ति, स्रोत र नाम समेत यसैको लागि विना उपलब्धी खेर जान सक्छ । 
 
हामीमा व्यवसायप्रतिको आशक्ती सबैभन्दा आवश्यक चीज हो । होईन भने तपाईहरु समाजमा धाउने र व्यवसायमा डुबेर भौतारिँदैमा समय गुजारेर हिँड्नुपर्ने हुन्छ । सफलताको सबैभन्दा जोखिमपूर्ण काम भनेको व्यवसायको प्रचारप्रसार हो । जुन योजना, लगानी, समय, प्रतिस्पर्धा र जनशक्ति भन्दापनि धेरै माथि छ । व्यवसायको लागि स्थानको पहिचान गर्नु झनै आवश्यक कुरा हो । 
 
खर्च गर्न पनि पहिलो पटक आत्मनिर्भरताको बाटोमा लाग्नेहरु डराउनु भने हुँदैन । पहिले स्थान, व्यवसाय र सोको सम्भावनाको बारेमा भने खर्च गर्नुभन्दा पहिले नै अनुसन्धान गरी निर्णय गर्नुपर्ने हुन्छ । 
 
लगानी गरिसकेपछि अवश्यपनि जो कोहीले आफ्नो खर्चलाई नियन्त्रण र कमगर्ने प्रयास गरिरहेको नै हुन्छ । तर, आफ्नो व्यवसायको विस्तारको लागि विज्ञापन गर्नु, मार्केटिङ क्याम्पियन गर्नु, ब्राण्डिङ क्याम्पियन गर्नु, तथा सामाजिक सञ्जालमा पोष्ट गर्ने लगायतका खर्चमूलक कामहरु गर्न दुख मान्ने हो भने पनि यो त्इसले विस्तार गर्न सक्दैन । किनभने नयाँ कामको प्रवद्र्धनको लागि सोको प्रदर्शन पनि आवश्यक रहेको छ । 
२००८ मा आर्थिक मन्दि हुनुपूर्व मेरो व्यवसायमा बृद्धि भएको थियो । मैले त्यति सहजताका साथ काम व्यवसाय सुरुवात गरेको पनि थिईन । त्यसैले मैले उक्त व्यवसाय विस्तारको कल्पना समेत गरेको थिइन ।’ आफ्नो स्मरण सम्झिँदै एक अमेरिकी चर्चित व्यवसायीले वर्ड इकोनोमिक फोरमसँग भनेका थिए ‘केही समयमा नै मैले आफ्नो लक्ष्य सबै भुलिसकेको थिए । मैले त्यस्ता सोचाईहरु र सपनाहरु राख्नै भुलिसकेको थिएँ ।’
 
सधैं अघिल्लो पाईला 
कुनैपनि व्यक्ति आफू आफैंमा आत्मनिर्भर बन्न चाहान्छ भने उसले सबैभन्दा पहिले आफूलाई आफ्ना प्रतिस्पर्धीभन्दा एक कदम अगाडि सबै काम गर्नुहोस् । तपाईको प्रतिस्पर्धी विहान उठेर चिया पिउनेबेलामा तपाईले कम्तिमा पनि आफ्नो ड्रेस परिवर्तन गरिसक्नुपर्नेहुन्छ । ७ बजे उठ्ने व्यवहार छ भने तपाईले आफ्नो व्यवहारको लागि कम्तिमा पनि ४ बजे उठ्नै पर्छ । 
अर्को प्रतिस्पर्धी साथीउठ्नुभन्दा एक कदम अगाडि नै तपाईले आफ्नो दैनिक कार्यतालिका तय गरिहाल्नुस् । यसरी सबै काम आफ्ना प्रतिस्पर्धि भन्दा एक कदम अगाडि ल्याउनु आवश्यक छ । 
 
तपाई नयाँ व्यवसाय वा अलिक ठूला व्यवसायमा लगानी गरिरहेको हुनुहुन्छ भने तपाईँले समयले कस्तो मागिरहको छ सोही अनुसारको स्किमहरु ल्याउनु आवश्यक हुन्छ । यसरी तपाईले आफ्नो व्यवसाय प्रवद्र्धन गराउन सक्नुहुनेछ । 
 
सामान्य भन्दा फरक बन्नु
तपाई घर परिवार र सामान्य व्यक्ति सरह व्यवहारिक बन्न थाल्नुभयो भने तपाई व्यवसायमा सफलता हाँसिल गर्न सक्नुहुने छैन । तपाईले सामान्य भन्दा भिन्न रहेर विवाह, परिवार र त्यसको आसपासमा रुमलिने होईन कि त्यो समय आफ्नो नवीन उपायहरुको खोजी गर्नु आवश्यक हुन्छ । सामान्य व्यक्ति सरह बन्नुभयो भने एकातिर तपाईले नयाँ अनुभव भेट्न सक्नु हुँदैन । अर्कोतिर व्यवसाय समेत डामाडोल बन्न सक्छ । 
 
उद्देश्य पत्ता लगाउनुहोस् 
तपाईले अरुसँगै मेरो लक्ष्य के हो र मैले यो व्यवसायबाट कति धेरै लक्ष्य हाँसिल गर्न सक्छु भनेर तपाईँले आफ्नो उद्देश्यबारे स्पष्ट हुनु आवश्यक छ । यति भयो भने मात्रै तपाई आफ्नो व्यवसाय मार्फत् सफल आत्मनिर्भर व्यवसायी बबन्न सक्नुहुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ