arrow

जम्बो मन्त्रीमण्डल असंवेदनशीलताको पराकाष्ठा

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
nagendra-raj.jpg.jpeg
काठमाडौँ। सत्ता एवम् प्रतिपक्षी दलका नेताले मन्त्रालय टुक्रयाएर मन्त्रीको सङ्ख्या बढाइनु भूकम्पपीडितमाथिको असंवेदनशीलताको पराकाष्ठा भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज  आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भूकम्पपीडित जाडाले कठ्याङ्ग्रिएर मरेका बेला सरकार संविधान मिचेर मन्त्रीको सङ्ख्या बढाउन लागिपरेको आरोप लगाउनुभयो । 
 
“जनता अभाव र कालाबजारियाको चपेटामा परेका बेला सरकार असंवेदनशील रुपमा प्रस्तुत भएको छ, सरकार जनतालाई अप्ठ्यारो अवस्थामा चाहिने भए पनि सरकारले त्यसअनुसार भूमिका निर्वाह गर्न सकेन”–सांसद जोशीले भन्नुभयो । आइतबारको संसद् बैठकमा सरकारको असंवेदनशीलतका विषयमा आवाज उठाउने तयारीमा काँग्रेस लागेको जानकारी पनि उहाँले गराउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ