arrow

प्रभु साह र रवि लामिछानेबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
prabhu-rabi.jpg

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान बूढानीलकण्ठमा भएको भेटमा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका थिए ।

देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको लामिछानेको सचिवालयले जनाएको छ ।

सो क्रममा अध्यक्ष साहले सभापति लामिछानेले औपचारिक रूपमा बधाई दिएका थिए ।

लामिछानेले आजै राष्ट्रिय सभा सदस्य महन्त ठाकुरलाई भेटेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ