arrow

मैयाँदेबीले दिएको जमिनमा युनियन भवन शिलान्यास; छानो समेत हालिदिने मैयाँदेबीको घोषणा

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
press-union-chitwan-silanyas.jpg.jpeg
चितवन। नेपाल प्रेस युनियन चितवन शाखाले निर्माण गर्न लागेको नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्र भवनको शिलान्यास गरिएको छ । भरतपुर उपमहानगरपालिका–११ वसेनीमा जग्गादाता समाजसेवी मैयाँदेवी श्रेष्ठले भवनको शिलान्यास गर्नुभएको हो । सो अवसरमा उहाँले भवन निर्माणका क्रममा पहिलो तल्ला ढलान खर्चसमेत आफ्नोतर्फबाट बेहोर्ने वचन दिनुभयो । समग्र पत्रकारको हितका लागि भवन फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा सांसदहरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, कृष्णभक्त पोख्रेल, गीता वाग्ले, उमेश श्रेष्ठ र विष्णुमायाँ परियारले आफ्नो निजी र संसद् विकास कोषबाट भवन निमार्णका लागि सहयोग गर्ने बताउँदै प्रेसजगत् बलियो भए मात्र लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताउनुभयो । 
 
सो अवसरमा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, नेकपा (एमाले) चितवनका प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारी, एकीकृत नेकपा (माओवादी) चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपालका अध्यक्ष बद्री तिमिल्सिना, राप्रपाका अध्यक्ष रामहरि कँडेल, चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेल लगायतले बोल्नुभएको थियो । 
 
झन्डै ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सूचना केन्द्र भवन निर्माणका लागि आज शिलान्यासका अवसरमा विभिन्न दाताले १ लाख ६८ हजार रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको भवन निर्माण आर्थिक समितिका संयोजक सृजना अर्यालले वताउनुभयो । प्रेस युनियनको भवन निमार्णका लागि सांसद गिता वाग्लेले संसद विकास कोषबाट दुई लाख रुपैया सहयोगको घोषणा गर्नुभएको छ भने साँसद विष्णुमाया परियारले ५० हजार रुपैया रुपैया सहयोग गर्नुभएको छ। 
 
मैयादेवि ट्रष्ट नेपालका अध्यक्ष प्रेमकुमार श्रेष्ठले १ सय बोरा र उपाध्यक्ष सिद्धकुमार श्रेष्ठले ७० वोरा सिमेन्ट सहयोगको घोषणा गर्नुभएको छ। त्यसै गरी पिके विल्डर्सका संचालक पूर्ण कुमार डंगोलले एक लाख एक हजार एक सय एक र नेपाली काँग्रेस भरतपुर ८ का बुथ सभापति दामोदर न्यौपानेले ५० हजार बराबरको निमार्ण सामाग्री र नेपाल प्रेस युनियन चितवनका पूर्व अध्यक्ष दिनेश कुमार थपलियाले एक ट्रिप ईँटा सहयोग गर्ने घोषणा गर्नुभएको छ। भवनका लागि नेपाली काँग्रेस क्षेत्र ३ का सभापति प्रमोद कुमार श्रेष्ठले ५० हजार सहयोग गर्नुभएको छ। 
 
नारायणगढका युवा उद्यमी कृष्ण प्रसाद सापकोटाले ५१ हजार, पोल्ट्री ब्यवसायी एवं युवा नेता शंकर प्रसाद कंडेलले ५० हजार, नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य सुरक्षा रेग्मीले ५० हजार एक सय रुपैया, नेपाली काँग्रेस विद्यार्थी विभागका केन्द्रिय सदस्य महेश बाँनियाले २५ हजार सहयोग गर्नुभएको छ। त्यसैगरी उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष रमेश कुमार पियाले ३५ हजार ५ सय ५५ रुपैया, सुनचाँदी ब्यवसायी संघ चितवनका अध्यक्ष एवं युवा नेता विपिन रामुदामुले २५ हजार, नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद नविनराज पौडेलबाट २५ हजार, निमार्ण ब्यवसायी चन्द्र अधिकारीले २५ हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ। 
 
त्यसै होटल सेभेन स्टार सौराहाका संचालक माधव दुवाडीले २५ हजार, स्वर्गिय फोज बहादुर बाँनियाको स्मृतिमा उहाँको परिवारले २५ हजार ५ सय ५५ रुपैया, नेपाल निजामति कर्मचारी युनियन चितवनका अध्यक्ष कृष्ण प्रसाद पराजुलिले १० हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको छ। त्यस्तै भवन निमार्णका लागि श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले ५० हजार एवं आईओएमटी, नारायणी सामुदायिक अस्पताल, नेपाल पोलिटेक्निक ईष्टिच्यूट र युटेक कलेजले २५ हजारका दरले सहयोग गर्ने बताएका छन्। यस्तै उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान, प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष चुन नारायण श्रेष्ठ, सदस्यहरु सुमन कुमार श्रेष्ठ र बद्रि अधिकारीबाट एकमुष्ठ ५१ हजार एक सय ११ रुपैया सहयोग गर्नुभएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ