arrow

दोलखामा कठ्याङ्ग्रिएर एकको मृत्यु

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
Dolakha.jpg.jpeg
दोलखा । दोलखाको दक्षिणी गाविस डाँडाखर्क–८ का ९५ वर्षीय धनराज तामाङको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । उनी बेलुका खाना खाएर जस्ताको टहरामा सुतेका थिए । तामाङ विहान मृत फेला परेका हुन् । भूकम्पले घर भत्किएपछि टहरामा बस्दै आएका तामाङ परिवारसहित राति खाना खाएर टहरामा सुतेका थिए । तामाङको मृत्युले पीडितहरु विक्षिपत भएका छन् ।
 
पीडितहरुको पुर्नवासको व्यवस्था हुन नसक्दा चिसोको जोखिम बढ्दै गएको छ । कतिपय स्थानीय बिरामी परेका छन् । उनीहरुलाई चिसोले हुने विभिन्न मौसमी रोगहरुले सताउन थालेको छ । ज्वरो, रुघाखोकी, दमलगायतका विरामीको संख्या बढ्दै गएको छ ।
उपचारका लागि स्वस्थ्य संस्थामा औषधी नहुँदा थप समस्या सिर्जना भएको छ । यसअघि, सिन्धुपाल्चोकको कोठर्पा गाविसमा मात्रै चिसोले ९ जना पीडितको मृत्यु भएको थियो । उत्तर–पश्चिमी हावाका कारण देशभरको मौसम चिसिएको छ भने, उपत्यका सहित कतिपय स्थानको तापक्रम शून्य भएको छ । उचित बास नभएका पीडितहरु चिसोको मारमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ