स्विस बैंकमा रहेको नेपालीको सम्पत्तिबारे अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
891
Shares
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत डा. ड्यानियल म्युलीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोगका विविध पक्षमा छलफल भएको छ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालबाट अवैध रूपमा आर्जन गरिएको धन नेपालीहरूले स्विस बैंकमा जम्मा गरेको हुन सक्ने विषयमा चासो व्यक्त गरे।
उनले स्वीट्जरल्यान्डका राजदूतावासलाई नेपालीहरूको त्यस्तो शङ्कास्पद निक्षेपका बारेमा सत्यतथ्य पत्ता लगाउन र त्यससम्बन्धी अनुसन्धानमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न औपचारिक आग्रह समेत गरे।
भ्रष्टाचार निवारण र अवैध धनको ओसारपसार नियन्त्रण गर्ने सरकारको प्राथमिकताअनुसार गृहमन्त्रीले यो प्रस्ताव अघि सारेका हुन्। भेटमा राजदूत म्युलीले नेपालको विकास र सुशासनका प्रयासमा स्वीट्जरल्यान्डको तर्फबाट जारी रहने सहयोग र समन्वयबारे विश्वास दिलाइन्।