arrow

स्थानीय निर्वाचनको लागि बुधबारदेखि आचारसंहिता लागु हुने

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार आयोगले निर्वाचन आचारसंहिता जारी गरेपछि राजनीतिक दल, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको अधिकारमा कटौती हुने जानकारी दिए । 

त्यस्तै प्रमुख निर्वाचन आयुक्त डा। अयोधी प्रसाद यादवले आचार संहिता पालना नगरे कसैलाईपनि नछोड्ने कडा चेतावनी दिएका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै यादवले बुधबारदेखि आचारसंहिता जारी हुने भन्दै पालना नगर्नेमाथी कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ