arrow

म जुनसुकै छानबिनको सामना गर्न तयार छु: प्रचण्ड [भिडियो]

विगतका निर्णयहरूको पूर्ण जिम्मेवारी लिन आफू तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
prachanda-12-27-.jpg

काठमाडौँ  । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू जुनसुकै प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको पूर्ण जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारेका हुन्।

आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर उनले गरे। "मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै पटक भनिसकेको छु। सम्पूर्ण छानबिनका लागि म तयार छु," दाहालले सञ्चारकर्मीहरूसँग भने।

वर्तमान सरकारको कार्यशैलीका बारेमा सोधिएको प्रश्नमा उनले अहिले नै टिप्पणी गर्ने बेला भइनसकेको बताए। दाहालको यो अभिव्यक्तिले आफ्ना विगतका राजनीतिक तथा प्रशासनिक निर्णयहरूका सम्बन्धमा उठ्ने गरेका प्रश्नहरूको सामना गर्न उनी तयार रहेको सङ्केत गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ